Authors Bairagi Kanila
Language: Nepali
Publisher : Phoenix Books
Weight 0.4 kg
बेलाइती कूटनीतिज्ञ ब्रायन हुटन हज्सनले १९ औं शताब्दीमा नेपालबाट संकलन गरेका पाण्डुलिपिहरू
ब्रिटिस लाइब्रेरीमा सुरक्षित छन् । स्कुलले
ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज, युनिभर्सिटी अफ लन्डनअन्तर्गत सञ्चालन भएको हज्सन परियोजनामा पाण्डुलिपिहरूको सूचीकरण तथा अध्ययन कार्य भइरहेका बेला डा. रमेश ढुंगेलसँग लिम्बू भाषा-विषयमा प्राज्ञिक सहयोग गर्न आदरणीय बैरागी काइँलाले सन् २००४ जुलाई ६ देखि अगस्ट १६ सम्म सहकार्य गर्नुभएको थियो । उक्त ६ हप्ते सहकार्यका क्रममा काइँलाले पाण्डुलिपिहरूको गहिरो अध्ययन गर्नुभयो । त्यस सिलसिलामा फेला परेका विभिन्न प्रतिलिपिको तुलना, भाषिक विश्लेषण र ऐतिहासिक सन्दर्भसहितको अनुसन्धानपछि हात लागेको ठोस परिणाम नै यो पुस्तक हो ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books