Nepalko Itihas Digdarshan
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.949.00 Rs.854.10 (Tax : )
Quantity:
Total price :
 

Author:  Ramji Upadhyay

Publisher:  Indigo Ink 

Language: Nepali

Paperback
ISBN13: 9789937974769 Indigo Ink, 2024
कल्लेरी, धादिङका नन्दलाल जोशी खतिवडा प्रधानमन्त्री जंगबहादुरको पालामा गाउँका मुखिया थिए । नन्दलालले वि.सं. १९२२ सालमै त्रिशूलीको धार फर्काएर गाउँमा सिँचाइ गरेका थिए । दरबार निकट खतिवडाकी धर्मपत्नीले युवराज त्रैलोक्यलाई दुग्धपान गराएकी थिइन् । त्यसैले उनका छोरा होमनाथ उपाध्याय ९ वर्षकै उमेरमा लेफ्टिनेन्ट भए । ११ वर्षको उमेरमा सुब्बा बने । पछि ३८ सालको काण्डमा परी उपाध्याय छोरासहित स-परिवार बनारस (भारत) निर्वासित भए । बनारसमा राणाविरोधी गतिविधिमा संलग्न उपाध्यायले 'सुब्बा होमनाथ केदारनाथ हितैषी कम्पनी खोली प्रकाशनमा लागे । महाभारत, रामायण, भगवद्गीता, कृष्णचरित्रलगायत धर्मग्रन्थ नेपाली भाषामा छापे । उनै सुब्बा होमनाथ उपाध्यायका नाति तथा केदारनाथ उपाध्यायका छोरा हुन्, रामजी उपाध्याय । बनारसमा जन्मे-हुर्केका रामजी उपाध्याय पनि लेखनमा सक्रिय रहे । उपाध्यायले यो पुस्तक २००७ सालमै प्रकाशित गरेका थिए । यस पुस्तकले नेपालको प्राचीनकालदेखि आधुनिक कालसम्मको इतिहास समेटेको छ । नेपालमा शासन गरेका गोपाल, अहीर, किराँत, सोम, लिच्छवि, नुवाकोटे महासामन्त, कर्णाट वंशदेखि बाइसे–चौबीसे, काठमाडौंका मल्ल, गोरखा-लम्जुङका शाह, पल्लो-नुवाकोट र सतहूँका खाँण तथा पाल्पा, तनहूँ, मकवानपुर र रामनगरका सेन राजाहरूको शासनकाल पुस्तकमा समावेश छ । पृथ्वीनारायण शाहको एकीकरण अभियानदेखि आधुनिक नेपालको निर्माणसम्मका घटनाहरू पुस्तकमा छन् । नेपाल-अंग्रेज युद्ध, भोट (तिब्बत) सँगको युद्ध र सन्धिको विस्तृत विवरण पुस्तकको अर्को रोचक पाटो हो । वि.सं. १९०३ को कोतपर्व, ३८ सालको पर्व, ४२ सालको पर्व, ४४ सालको हनुमाननगर (सप्तरी) काण्ड पुस्तकमा सूचीबद्ध छन् । पुस्तकमा उपाध्यायले राणाकालीन प्रशासनिक संरचनाहरूको विवरण पस्केका छन् । नेपालको इतिहासमा रूचि राख्नेहरूका लागि यो पुस्तक दुर्लभ सामग्री हो ।


 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1122
Products
More From The Store
10% Off
Flowers of hope
Rs.499.00
Rs.449.10
10% Off
Badalmuni Baglung
Rs.795.00
Rs.715.50
10% Off
Sayad Kinaraharu
Rs.549.00
Rs.494.10
10% Off
Chameli ko Phool Baijani Rumal
Rs.575.00
Rs.517.50
10% Off
Yug Dekhi Yug Samma
Rs.848.00
Rs.763.20
Similar books
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.900.00
Rs.810.00
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.575.00
Rs.517.50
10% Off
Rs.548.00
Rs.493.20
10% Off
Rs.640.00
Rs.576.00
10% Off
Rs.798.00
Rs.718.20
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.390.00
Rs.351.00
10% Off
Rs.398.00
Rs.358.20
10% Off
Rs.550.00
Rs.495.00
Top