Author: Bhagiraj Ingnam
Publisher: Yakthung Publication
Paperback
Language: Nepali
इङ्नाम लिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (पुस २०७७)’ वि.सं. १७१९ देखि २०२० सम्म विशेषत लिम्बुवान क्षेत्रमा जारी भएका दस्तावेजहरुको संगालो हो । ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ मा सेन राजा, शाह राजा, राणा प्रधानमन्त्री तथा सरकारी कर्मचारीले शासन संचालन गर्न जारी गरेका ७८ लालमोहरसहित ३९५ वटा दस्तावेज समावेस छन् । दस्तावेजहरुको प्रकृतिअनुसार पुस्तक ३ भागमा विभाजित छ। पहिलो भागमा राजाहरुबाट जारी सक्कल स्याहामोहर, लालमोहर र रुक्काहरु संलग्न छन् भने दोस्रो भागमा स्याहामोहर, लालमोहर र रुक्काहरुका नक्कल । अन्तिम भागमा राणा प्रधानमन्त्री र सरकारी अड्डाबाट जारी कास्यपत्र, अर्जीपत्र, सक्कल रसिद, आदेश तथा गौंडाका सैनिक भारदार र केन्द्रबीच आदान-प्रदान भएका चिठी-पत्र समावेस छन ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books