Author: Raman
Publisher: Sahitya post
Language: Nepali
Paperback
भनिन्छ, साहित्य समाजको ऐना हो । साहित्यमा हामीले आफू
वरपरको समाज देख्न सक्छौँ । त्यस्तै साहित्यको माध्यमबाटै
वैकल्पिक संसारको उद्घाटन गर्न पनि सकिन्छ । यथार्थ चित्रण
र कल्पनाको प्रयोगको सङ्गम हुने साहित्यले हामीलाई समाजको
वास्तविकताको बारेमा त थाहा गराउँछ नै, त्यसको अन्त्य यस्तो
पनि हुन सक्छ भन्ने वैकल्पिक कथाहरु पनि सुनाउँछ । त्यसरी
लेख्दै गर्दा कहिलेकाहीँ मनमा प्रश्न पनि उठ्ने गर्छन्, आफूले लेख्दै
गरेको कथा साँच्चै कथा हो या होइन ! कथा भनौं, पूरै काल्पनिक
होइन । कथा होइनन् भनौँ, ती पात्रलाई ज्युँका त्युँ वास्तविक
संसारमा खोज्न हिँड्यो भने तिनका छाया भेटिएलान् तर तिनै चाहिँ
भेटिन्नन् । हो, त्यही दुविधालाई प्रतिनिधित्व गर्न सङ्ग्रहको नाम
‘कथा हुन्, कथा होइनन्’ भनेर जुराइएको हो ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books