Author: Sujeev Shakya
Publisher: Nepalaya
Language: Nepali
Economic
- Year: ISBN13: 9789937984218 Publication Nepalaya, 2025
- Paperback
मापसेजस्तै अब मुलुकलाई अर्को अभियान चाहिएको छ- कृजपसे । अर्थात् कृषि, जलविद्युत्, पर्यटन र सेवा । मलेसियालाई हेरौँ न । आफूलाई सुधार्ने कुरामा नेपालको निजी क्षेत्र सरकारभन्दा पछाडि छ । मुलुकमा तीन सयभन्दा बढी ब्रान्डका पानी बिक्री हुन्छन् । पानीको स्तर कसैलाई मतलब छैन । उपभोक्तामा ब्रान्डको महत्त्व थाहा नहुनु अर्थतन्त्र बच्चै रहेको सङ्केत हो । तेह्रौं शताब्दीमा चीन गएका अरनिको नेपाली रेमिट्यान्स युगका अग्रदूत थिए । नेवारको एउटा पुस्ता नै व्यवसायीबाट जागिरे हुन गयो । उता, बाहुनहरू जागिरेबाट व्यवसायी हुन आए । नेपाली अर्थतन्त्रमा यसलाई ठूलो घटनाका रूपमा लिन सकिन्छ ।